३१ जेष्ठ २०८३, आइतबार

प्रधानमन्त्री ओलीद्वारा जनैपूर्णिमाको शुभकामनासहित रक्षाबन्धन ग्रहण

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनैपूर्णिमा पर्वको अवसरमा देशवासी सबैलाई शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत जनैपूर्णिमा, रक्षाबन्धन, ऋषि तर्पणी तथा राखी पर्वको अवसरमा शुभकामना दिनुभएको हो ।

जनैपूर्णिमा (रक्षाबन्धन)का दिन गुरु पुरोहित, आफन्तजन एवं इष्टमित्रसँग जनै लगाउने र रक्षाबन्धन बाँध्नाले शत्रुबाट रक्षा हुने जनविश्वास रहिआएको उहाँले उल्लेख गर्नुभएको छ ।

यसैबीच, प्रधानमन्त्री ओलीले जनैपूर्णिमा, रक्षाबन्धन तथा ऋषि तर्पणीका अवसरमा आज दिउँसो पण्डित टीकाराम घिमिरेबाट रक्षाबन्धन ग्रहण गर्नुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा परिवारजनका अन्य सदस्यहरुले पनि रक्षाबन्धन ग्रहण गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।