२४ कार्तिक २०८३, मंगलबार

सोलुखुम्बुको थामेमा नेपाल टेलिकमको मोबाइल सेवा सूचारु

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ भदौ । सोलुखुम्बुको थामेमा नेपाल टेलिकमको मोबाइल सेवा स्थापित भएको छ । सोलुखुम्बुको खुम्बु गाउँपालिका–५ थामेमा गत श्रावण ३२ गते हिमताल फुटेर आएको बाढीका कारण विद्यतु अवरुद्ध हुँदा बन्द भएका टेलिफोन तथा इन्टरनेट सेवा सूचारु भएको टेलिकमले जनाएको हो ।

‘सोलुखुम्बु जिल्लाको खुम्बु गाउँपालिका-५, थामेमा गत श्रावण ३२ गते हिमताल फुटेर आएको बाढीले गर्दा खुम्बु बिजुली कम्पनीमा समस्या आएको कारण विद्युत सेवा अवरुद्ध हुन गई उक्त क्षेत्रलगायत नाम्चे, खुमजुंग, पानी ट्यांकीका बिटीएस टावरहरु बन्द भएकोमा नेपाल टेलिकमले उक्त बिटीएस टावरहरु सञ्चालन गरी हाल टेलिफोन तथा इन्टरनेट सेवा सूचारु गरिसकेको छ ।’ टेलिकमद्धारा जारी सूचनामा उल्लेख छ ।