४ असार २०८३, बिहिबार

सरकारी खर्चमा परिवारै बोकेर आरजु भारतमा, बुलेट प्रुफ गाडीसहित सुरक्षा

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदौ । परराष्ट्रमन्त्री आरजु राणा देउवा आज भारत भ्रमणका लागि भारत जानु भएको छ । उहाँ पाँच दिने भ्रमणका लागि नयाँ दिल्ली जानु भएको हो ।

भारतमा रहँदा उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर लगायतसँग भेटवार्ता गर्नुहुने बताइएको छ । मन्त्री देउवाको भारत भ्रमण राजनीतिक भन्दा पारिवारिक भ्रमण जस्तो देखिएको छ । आरजु परिवारका सदस्यको दलबल नै लिएर दिल्ली पुग्नुभएको हो ।

आरजु छोरा जयवीर सिंह, बुहारी शिवाना श्रेष्ठ, भाइ भूषण राणा, आमा प्रतिभा राणा र अन्य पारिवारिक सदस्य पनि लिएर दिल्ली पुग्नु भएको हो । यसैबीच भारत सरकारले आरजुको सुरक्षमा बुलेट प्रुफ गाडी उपलब्ध गराएको छ ।

आरजुलाई लिन बुलेट प्रुफ गाडी इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेको थियो ।

उहाँलाई नयाँ दिल्लीमा भारतका लागि नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापा र भारतीय विदेश मन्त्रायका उत्तरी महाशाखा प्रमुख अनुराग श्रीवास्तवले स्वागत गर्नुभएको थियो ।