२८ असार २०८३, आइतबार

मानुषी लघुवित्त नाफामा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्ममा करिब १ करोड ९२ लाख खुद नाफा गरेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४ करोड ४२ लाख खुद नोक्सानीमा रहेको संस्थाले गत आवमा खुद नाफा आर्जन गर्न सफल भएको छ । २ करोड ७२ लाख भन्दा बढी सञ्चालन नाफा गरेको संस्थाको गत आवमा इम्पेयरमेन्ट चार्जबापतको १ करोड ३८ लाख भन्दा बढी रकम फिर्ता भएसँगै संस्था नाफामा गएको हो ।

१० करोड ९३ हजार ७५ हजार शेयर पूँजी भएको संस्थाको जगेडा कोषमा ५ करोड ४७ लाख ७ हजार २२५ रुपैयाँ रहेको छ ।

करिब १ करोड ४३ लाख वितरण योग्य नाफा रहेको संस्थाको प्रति शेयर आम्दानी १७.५३ र प्रति शेयर नेटवर्थ १५०.०२ छ । संस्थाले समिक्षा अवधि सम्ममा ३३ हजार ७१८ सदस्यहरुबाट ९८ करोड ७८ लाख भन्दा बढी निक्षेप संकलन गरेको छ । आर्थिक वर्ष ७९/८० मा ७.९ प्रतिशत रहेको निष्क्रिय कर्जा समिक्षा अवधिमा ४.४६ प्रतिशतमा झरेको विवरण प्रकाशित गरेको छ ।