
नेपालगञ्ज, २ भदौ । युवामाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले बाँकेको राप्ती सोनारी गाउँपालिका–२ का वडाध्यक्ष ज्ञानेन्द्रराज वलीसहित ४ जनालाई पक्राउ गरेको छ।
वडाध्यक्ष वलीसहिच चारजनाले गएराति जिल्लाको विनौना भन्ने ठाउँका दुई युवालाई खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट घाइते भएकाहरूलाई उपचारका लागि भारत पठाइएको छ। उहाँहरूको अवस्था गम्भीर छ ।
वडाध्यक्ष वली गुण्डा नाइके चक्रे मिलन समूहका सदस्य भएका बताइएको छ । वली एमालेबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको हो ।








प्रतिक्रिया