२८ जेष्ठ २०८३, बिहिबार

परराष्ट्रमन्त्री राणा आज भारत जाँदै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदौ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज पाँचदिने भारत भ्रमणमा जाने हुनुभएको छ । परराष्ट्र मन्त्रालयकाअनुसार परराष्ट्रमन्त्री राणा आज नयाँ दिल्ली प्रस्थान गर्ने कार्यतालिका छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा उहाँ भारत भ्रमणमा जान लाग्नुभएको हो । भारत भ्रमणका क्रममा उहाँले भारतीय विदेशमन्त्री जयशंकरसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ ।

दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतीय विदेश मन्त्रालयले पनि विज्ञप्ति जारी गरेर परराष्ट्र मन्त्री राणा नयाँ दिल्ली आउन लागेको जानकारी दिएको छ । परराष्ट्र मन्त्रीको भ्रमण नेपाल र भारतबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्पराअनुसार भएको जनाइएको छ ।