६ असार २०८३, शनिबार

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, १ भदौ । मकवानपुरको हेटौंडा उपमहनगरपालिका–९ धापमा आज मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

मयुरधापबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बागमती प्रदेश०३–००५प २४३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय रामचन्द्र अर्यालका पाँच वर्षीय छोरा सिभांस अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीकाअनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका ती बालकको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई घटनाका बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।