११ असार २०८३, बिहिबार

सरकारले शिक्षकमाथि दमनचक्र लगाउँदैन : प्रधानमन्त्री ओली

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक र कुनै पनि जनतामाथि सरकारले दमनचक्र नलाद्ने स्पष्ट पार्नुभएको छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठनको २३औँ राष्ट्रिय परिषद् बैठकमा सम्बोधन गर्दै उहाँले शिक्षकहरुले पढाउने दायित्वका साथै राजनीतिक र सामाजिक परिवर्तनको आन्दोलनमा महत्वपूर्ण योगदान गरेकाले उनीहरुका कुनै समस्या भए आपसी संवादबाट समाधान गर्नुपर्ने बताउनुभयो ।

उहाँले यसअघिको सरकारले शिक्षकहरुलाई राजनीति गरेको आरोप लगाएर दबाबमा राखेको भन्दै अब अवस्था फेरिएकाले ढुक्कका साथ शिक्षण र समाजको जागरण विस्तारमा लाग्न आग्रह गर्नुभएको छ । शिक्षा र कर्मचारीसम्बन्धी ऐन नियमलाई आपसी संवादबाट समायानुकूूल सुधारका लागि सरकार तत्पर रहेको पनि उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘राजनीति र शिक्षकको भूमिकालाई नबुुझेकाहरुले शिक्षकमाथि एकतर्र्फी दमनचक्र लगाउन खोजेका थिए । शिक्षकलाई राजनीतिबाट अलग गराएँ भनेर घोषणा गरेका थिए । त्यो शिक्षकहलाई लपेट्ने प्रयास हो । ती प्रयास गलत थिए । वास्तवमा अरस्तु र प्लेटोका पालादेखि नै मानिस राजनीतिक प्राणी हो भन्ने स्पष्ट भइसकेको थियो । त्यसैले यो सरकार शिक्षकमाथि कुनै शत्रुुता राख्नुपर्ने कारण देख्दैन् । शिक्षकहरुले आफ्नो कर्म र दायित्वलाई इमान्दाररुपमा निर्वाह गरिदिए पुग्छ । कक्षा कोठाभन्दा बाहिर पनि शिक्षकहरु समाजको विकृति बढार्ने काममा साँझ–बिहान लाग्नुपर्छ । शिक्षक हुनुु भनेको जागिरे हुनुु होइन, एक प्रकारको जागरण हो ।’

कार्यक्रममा प्रधानमन्त्री ओलीले विभिन्न शिक्षक संगठनबाट प्रवेश गर्नेहरुलाई प्रवेश गराउनुभयो भने रिमोटका माध्यमबाट संगठनको ललितपुरस्थित नयाँ भवनको उद्घाटन गर्नुभएको थियो ।