२२ जेष्ठ २०८३, शुक्रबार

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताले कर्णालीको मूल्यांकन हुनेछ : मुख्यमन्त्री कँडेल

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरेन्द्रनगर, १ भदौ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको विषय कर्णालीप्रतिको भरोसा र विश्वास भएको बताउनुभएको छ ।

वीरेन्द्रनगरमा आयोजित दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सरोकारवालासँग छलफल तथा परामर्श कार्यक्रममा मुख्यमन्त्री कँडेलले प्रतियोगिता आयोजना हुने कुराले देश तथा विदेशबाट मूल्यांकन हुने कुरालाई प्रष्ट पार्नुभएको हो ।

उहाँले अहिले नै खेलकुद प्रतियोगिताको लागि दिनगन्ती सुरु हुने बेला नभएको बताउनुभयो । निर्धारित समयअनुसार आगामी मंसिर २ देखि ९ गतेसम्म प्रतियोगिता आयोजना हुँदैछ । प्राप्त बजेटबाट दक्षता देखाउन खेलकुद परिषद्लाई निर्देशन दिँदै ठाउँ ठाउँ पुगेर विभिन्न माग राख्नुभन्दा गर्नुपर्ने कामहरू सरकारकातर्फबाट सरकारका प्रतिनिधिले गरिरहेको जानकारी मुख्यमन्त्री कँडेलले गराउनुभयो । कमजोर आन्तरिक आम्दानी भएको अवस्थालाई व्यक्त गर्दै मुख्यमन्त्री कँडेलले खेलाडीलाई परिस्थिति बुझाउन अधिकतम प्रयास गरी निराश हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।