
काठमाडौं, १ भदौ । दलितका लागि दलित अभियानले काठमाडौंको माइतीघर मण्डलामा गरिरहेको प्रदर्शन शनिबार पनि जारी छ । सरकार गठन र राजनीतिक नियुक्तिमा दलितलाई घृणा गरेको भन्दै प्रदर्शनकारीले सडकमा सुतेर प्रदर्शन गरेका छन् ।
भइरहेको प्रदर्शन दलितका लागि दलित अभियान नेपालको समन्वयमा अभियानका संयोजक खगेन्द्र सुनारसहितका युवाहरुले विगत दुई हप्तादेखि माइतीघरमा विरोध प्रर्दशन गरिरहेका छन् ।
अभियानका संयोजक सुनारले भन्नुभयो, ‘संविधनलाई संशोधन गर्ने कुरा राम्रो हो । तर जनताको अधिकार कटौती गरेर संशोधन गर्ने कुरा सह्य हुँदैन् । दलितहका अधिकार कटौती गर्ने कांग्रेस र एमालेसँग दम छ ?’
उहाँले दलितहरुको अधिकार एमाले र कांग्रेसले काटेको आरोप लगाउनुभयो । उहाँले नयाँ आएका दलहरुले पनि दलितको लागि कुनै गतिलो मुद्दा नउठाएको बताउनुभयो ।
संविधानको व्यवस्था र सामाजिक न्यायको सिद्धान्त बमोजिम दलितको राजनीतिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उनीहरुको माग रहेको छ ।
अभियानका संयोजक सुनारले एमाले र कांग्रेसले दलितहरुलाई जातिय विभेद गरेको आरोपसमेत लगाउनुभएको छ ।









प्रतिक्रिया