१७ असार २०८३, बुधबार

भारतले धौलीगंगा बाँध खोल्दै, सतर्क रहन आग्रह

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, १ भदौ । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध आज खोलिने भएको छ ।

बाँध खोलेपश्चात् महाकाली नदीमा जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रमा जोखिम हुने भएकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुर आग्रह गरेको छ ।

प्रशासनकाअनुसार परियोजनाको बाँधको सिल्ट सफाइ गर्नका लागि आज बाँधका ढोका खोल्ने जानकारी आएको छ । आज बिहान ८ बजेदेखि भोलि बेलुकासम्म बाँध सफा गर्न ढोका खोल्न लागिएकाले महाकाली नदीको जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन भनिएको छ ।