
काठमाडौं, ३२ साउन । भक्तपुरको गठ्ठाघरमा हिजो बिहीबार ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको मृत्यु भएलगत्तै मृत्यु हुने २३ वर्षीया युवती रहेको भन्दै नामसहित समाचार प्रकाशित भए ।
घटनास्थलमै रहेका एक व्यक्तिले दुर्घटनामा पर्ने आफ्नो बहिनी भएको बताएपछि प्रहरीले सोही अनुसार सञ्चारमाध्यममा नेपाली थरकी युवतीको मृत्यु भएको भन्ने सूचना थियो । तर मृत्यु हुने व्यक्ति युवती नभइ एकजना पुरूष रहेको खुलेको छ ।
मृत्यु हुने व्यक्ति ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-४ खहरे घर भई काठमाडौंको कपनस्थित सरस्वतीनगर बस्ने ६५ वर्षका उत्तम कोइराला रहनु भएको छ । उहाँको परिवारले शवको सनाखत गरेको हो ।
दुर्घटनामा युवतीको मृत्यु भएको भन्दै समाचार प्रकाशित भएसँगै स्वयम् युवती नै प्रहरीकोमा उपस्थित भएर आफू जीवित रहेको र आफू दुर्घटनामा नपरेको बताउनुभएको थियो । थप खोजी गर्दै जाँदा साँझमात्रै प्रहरीले मृत्यु हुनेमा पुरूष रहेको पाएको हो ।
काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको ना ६ ख २१७३ नम्बरको ट्रकले सोहीतर्फ जाँदै गरेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। स्कुटर चालकको दुर्घटनास्थलमै मृत्यु भएको थियो। ट्रक चालक सर्लाहीको मलंगवा नगरपालिका-२ का ३२ वर्षीय मलङ सतेन्द्र श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
स्कुटर चालक कोइरालाको मृत्युपछि गठ्ठाघरको स्थिति तनावग्रस्त बनेको थियो ।









प्रतिक्रिया