
काठमाडौं, ३२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले यसवर्ष कुनै पनि सार्वजनिक पदसँग जोडिएका कार्यक्रम नबन्ने बताउनुभएको छ ।
बिहीबार गत आर्थिक वर्षमा सञ्चालित कार्यक्रमको समीक्षा र चालु आर्थिक वर्षमा सञ्चालन हुने योजना र पूर्वतयारबारे छलफलमा यो निष्कर्ष निकालिएको प्रधानमन्त्री ओलीले बताउनुभयो । ‘यसपालि प्रधानमन्त्र/मन्त्री/मुख्यमन्त्री जस्ता पदसँग जोडेर कार्यक्रमहरू बन्ने छैनन् ।’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ।

काम गर्दै जाँदा केही अनुभव प्राप्त भएको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले अब कानून मात्र दिएर नहुने बताउँदै काम हुनु पर्ने स्पष्ट पार्नुभएको छ । ‘एक ठाउँ मात्र सुध्रिएर पुग्दैन, सबै ठाउँ सुध्रिनु आवश्यक छ ।’ उहाँले लेख्नुभएको छ ।
देशको एउटा छेत्र मात्र बिग्रिएको नभई सबै क्षेत्र बिग्रिएकाले त्यसलाई सच्याएर अघि बढ्नु पर्ने उहाँको धारणा छ । ‘एउटा ठाउँ वा एउटा पक्ष मात्र बिग्रेर देश बिग्रने होइन, बिग्रेको सबै सुधार हुनुपर्छ, हामी तलब खाएर दिन कटाउन होइन, जिम्मेवारी लिएर परिणाममा पुर्याउन आएका हौँ भन्ने बुझौँ ।’ प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।








प्रतिक्रिया