२३ जेष्ठ २०८३, शनिबार

रुसी ब्याले डान्सरलाई १२ वर्षको जेल सजाय

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ साउन । रुसकी एक ब्याले डान्सरलाई १२ वर्षको जेल सजाय भएको छ ।

रुसी अदालतले ब्याले डान्सर केसेनिया कार्लिनालाई युक्रेनलाई सहयोग गर्ने एक परोपकारी संस्थालाई ५१ डलर दान गरेको आरोपमा १२ वर्षको जेल सजाय सुनाएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । उनलाई देशद्रोहको मुद्दामा यो सजाय दिइएको हो ।

कार्लिना हाल लस एन्जलसमा बस्दै आएकी थिइन् र उनलाई २०२१ मा अमेरिकी नागरिकता दिइएको थियो । क्यारोलिनालाई जनवरीमा मस्कोबाट १६ सय किलोमिटर पूर्वमा येकातेरिनबर्गमा पारिवारिक यात्राको क्रममा पक्राउ गरिएको थियो । रुसको संघीय सुरक्षा सेवाले केसेनिया कार्लिनाले युक्रेनी सेनालाई हतियार उपलब्ध गराउने युक्रेनी संगठनका लागि रकम जुटाएको बताएको छ ।