११ असार २०८३, बिहिबार

पार्टी फुट्ने हल्ला चलाइयो, आशंका र भ्रम चिरिए : प्रचण्ड

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी फुट्छ भन्ने हल्ला विल्कुल निराधार भएको टिप्पणी गर्नुभएको छ ।

पार्टी मुख्यालय पेरिसडाँडाबाट बाहिरिने क्रममा संचारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा प्रचण्डले यस्तो बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘माओवादी पार्टी फुट्छ भनेर गरिएको हल्ला विल्कुल निराधार हो । पार्टी फुट्छ भन्ने होहल्ला प्रचार धेरै भयो, कतिपय प्रसंगमा आशंका र भ्रम पनि भए । तर यो बैठकसम्म आउदा ति आशंका र भ्रम चिरिएका छन् । खासगरी प्रभाकरले पार्टी फुटाउँछ भनेजस्तो माहोल बनेको छ, त्यो बिल्कुल गलत हो । हाम्रो पार्टी एकताबद्ध भएको छ र कमरेड प्रभाकरमाथि जे आशंका गरिएको छ त्यो गलत हो ।’