२४ जेष्ठ २०८३, आइतबार

एमालेका गैरै र काँग्रेसकी न्यौपाने समितिको सभापतिमा निर्विरोध निर्वाचित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । नेकपा (एमाले) का ठाकुर गैरे र काँग्रेसकी ईश्वरीदेवी न्यौपाने समितिको सभापति निर्विरोध निर्वाचित हुनुभएको छ ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा एमालेका सांसद गैरे निर्वाचित हुनुभएको छ भने संसदीय सुनुवाई समितिको सभापतिमा काँग्रेसकी सांसद इश्वरीदेवी न्यौपाने निर्वाचित हुनुभएको हो ।

दुबै समितिको छुट्टा छुट्टै बैठकमा दुबै समितिका ज्येष्ठ सदस्यले सभापति निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो । उहाँहरूले आज नै सभामुख देवराज घिमिरेबाट शपथ ग्रहण गर्नुहुनेछ ।