
काठमाडौं, ३१ साउन । भक्तपुरको गठठाघर चौक तनावग्रस्त बनेको छ । ट्रकले स्कुटर चालकलाई किचेर मारेको भन्दै गठठाघर तनावग्रस्त बनेको हो ।
ट्राफिक प्रहरीले चेकजाँच गरिरहेको बेला रोकिएको स्कुटरलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिएको थियो । आक्रोशित स्थानीयले प्रहरीमाथि ढुंगामुढा गर्दै लखेटेका छन् भने ट्रकमा आगजनी गरिएको छ ।
स्थिति नियन्त्रणका लागि सशस्त्र प्रहरी परिचालन गरिएको छ ।









प्रतिक्रिया