११ असार २०८३, बिहिबार

गाडीमा जीपीएस ट्रयाकिङ प्रणाली राख्न लगायत सरकारको १२ बुँदे निर्देशन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । सरकारले यातायात व्यसायीलाई दुर्घटना न्यूनीकरणका लागि विभिन्न निर्देशनात्मक सुझाव दिएको छ ।

गृहमन्त्रालयले सिमलताल घटना अध्ययन प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिँदै सार्वजनिक यातायातलाई ११ बुँदे निर्देशन दिएको हो । मन्त्रालयले सीसीटीभीसँगै ट्रान्सपोन्डरको व्यवस्था गर्न निर्देशन दिनुका साथै सबै सवारी साधनमा जीपीएस ट्रयाकिङ प्रणाली जडान गर्न र सवारी साधानमा गति सीमित गर्ने उपकरण जोड्न पनि निर्देशन दिएको छ ।

त्यस्तै लामो दुरीमा चल्ने सवारीमा कम्तीमा अनिवार्य दुई जना सवारी चालकको व्यवस्था गर्ने, मुलुकभर चल्ने सवारी साधनको तेस्रो पक्ष बीमा अनिवार्य गर्ने र सवारी साधनको नियमित मर्मतसम्भार, जाँच गर्ने तथा पुराना सवारी साधन प्रयोगबाट हटाउन भनेको छ । यात्रुलाई टिकट काटेर मात्र यात्रा गराउने, अनलाइन टिकट प्रणालीको विकास गरी कार्यान्वयन गर्न पनि सरकारले निर्देशन दिएको हो ।