२७ जेष्ठ २०८३, बुधबार

सिन्धुलीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुली, ३१ साउन । सिन्धुलीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

आज बिहान कमलामाई नगरपालिका–२ चियाबारी नजिक बीपी राजमार्गमा गोलञ्जोरबाट सिन्धुलीतर्फ आउँदै गरेको बा २० च ८२८३ नम्बरको जिप अनियन्त्रित भएको दुर्घटना भएको थियो ।

दुर्घटनामा ११ जना घाइते भएका छन् । मृत्यु हुनेहरुमा सिन्धुलीकै गोलञ्जोर गाउँपालिका–६ नाकाजोलीका ४२ वर्षीय पृथ्वी भुजेल, ४५ वर्षका उदयबहादुर मस्राङ्गी र ३५ वर्षका पवन मस्राङ्गी रहेका छन् ।