६ असार २०८३, शनिबार

स्पष्टीकरण दिँदै रविलाई मुकुलको प्रश्न- आफ्ना पासपोर्टका सबै पानाहरू सार्वजनिक गर्न आँट छ ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमहामन्त्री मुकुल ढकालले पार्टीलाई स्पष्टीकरण बुझाउनु भएको छ ।

पार्टीले सोधेको २४ घण्टे स्पष्टीकरकणको जवाफ दिनुहुँदै उहाँले पार्टी सभापति रवि लामिछानेमाथि प्रश्न गर्नुभएको छ । उहाँले सभापति लामिछानेमाथि सहकारी, पासपोर्ट र गृहमन्त्री भएका बेला गरेको कामको बारेमा प्रश्न उठाउनुभएको हो ।

ढकालले लामिछानेले पासपोर्ट दुरूपयोग गरेको उल्लेख गर्नुहुँदै सबै पासपोर्टको पाना देखाउन चुनौती दिनुभएको छ । उ

हाँले भन्नुभएको छ, “तपाईँले दुईवटा पासपोर्ट प्रयोग गरेको तथ्य बाहिरिइसकेको छ । आफ्नो अपराध लुकाउन कसरी राज्यका निकायलाई प्रयोग गर्नु भयो, घाम झैँ छर्लङ्ग यो विषय निकट भविष्यमा अदालतले व्याख्या गर्ने नै छ । विद्यमान ऐन कानुन अनुसार तपाईँ मन्त्री त के सांसद बन्न पनि अयोग्य ठहर हुन सक्नु हुन्छ । तपाईँले विगतमा गरेको अपराधका लागी पार्टी बलि चढ्नु पर्ने रु आँट छ भने, आफ्ना सबै पासपोर्टका सबै पानाहरू सार्वजनिक गर्नुहोस् । आँट छ रु रवि लामिछाने ज्यू ?,”।