५ असार २०८३, शुक्रबार

हमाससँगको वार्तामा सहभागी हुँदै इजरायली जासूस प्रमुखहरू

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जेरुसेलम, ३१ साउन । इजरायलका जासूस प्रमुखहरू आज बिहीबार दोहामा हुने इजरायल र हमासबीचको वार्तामा सहभागी हुने भएका छन् ।

‘प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दोहामा इजरायली प्रतिनिधिमण्डल प्रस्थान गर्ने र वार्ता सञ्चालन गर्ने जनादेश स्वीकृत गर्नुभएको छ ।’ बुधबार जारी एक विज्ञप्तिमा भनिएको छ ।

इजरायलको जासुसी एजेन्सी मोसादका प्रमुख डेभिड बर्निया र शिन बेट सुरक्षा सेवाका प्रमुख रोनेन उक्त टोलीमा रहेको नेतान्याहुका प्रवक्ता ओमेर दोस्तीले एएफपीलाई बताउनुभयो ।

प्यालेस्टिनी लडाकू समूह हमासले दोहामा वार्ताकारहरू पठाउने कि नगर्ने बताएको छैन । हमासका एक अधिकारीले आफ्नो नाम न छाप्ने सर्तमा एएफपीलाई भन्नुभयो, ‘मध्यस्थ कर्ताहरूसँगको वार्ता जारी छ ।’