६ असार २०८३, शनिबार

मैले हतियार व्यवस्थापन गरेका कारण मेरो पार्टी विभाजन भयो : प्रचण्ड

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतियार व्यवस्थापन गरेकै कारण माओवादी फुटेको दावी गर्नुभएको छ ।

आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्नुहुँदै पूर्वप्रधानमन्त्री दाहालले सेना समायोजन, हतियार व्यवस्थापन निकै जटिल रहेको स्मरण गर्नुभएको हो ।

‘बिना कुनै खुन खराब त्यो सफल गरियो,’ उनले भने, ‘एउटै मात्रै क्षति मेरो पार्टीले व्यहोर्नुपर्‍यो । मैले हतियार व्यवस्थापन गरेका कारण मेरो पार्टी विभाजन भयो। देश बच्यो। त्यस कुरामा मलाई गर्व छ,’ प्रचण्डले भन्नुभयो ।