६ असार २०८३, शनिबार

नमुनाका रूपमा शान्ति प्रक्रिया व्यवस्थापन गर्ने प्रक्रियालाई अगाडि बढाएका छौं : प्रधानमन्त्री

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले दुनियाँका लागि एउटा नमुनाका रुपमा शान्ति प्रक्रिया, द्वन्द्वलाई व्यवस्थापन गर्ने प्रक्रियालाई अगाडि बढाएको बताउनुभएको छ ।

आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले यो वर्षमा द्वन्द्व व्यवस्थापनका सन्दर्भमा थुप्रै उपलब्धी हासिल गरेको बताउनु भएको हो ।

उहाँले नेपालको शान्ति प्रक्रिया मौलिक भएको र त्यही कारण पनि यो सफल भएको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो शान्ति प्रक्रिया होमग्रोन हो। हामीले आफ्नै हिसाबले अगाडि बढाएका हौं। यो मौलिक छ। त्यही कारणले होला यो सफल छ।,’ प्रधानमन्त्रीले दुनियाँका लागि पनि नेपालको शान्ति प्रक्रिया नमुना भएको स्पष्ट पार्नुभयो ।