
काठमाडौं, २९ साउन । कतारी राजा शेख तमिम विन हमाद अल थानीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्तो पठाउनुभएको छ ।
आगामी अक्टोबरमा कतारमा हुने एसियन को-अपरेसन डायलग (एसीडी) सम्मेलनमा सहभागी हुन कतारका राजाका तर्फबाट कतारका राजदूत मोहम्मद अल अन्सारीले आज प्रधानमन्त्री ओलीलाई निमन्त्रणा दिनुभएको हो ।
प्रधानमन्त्री ओली र राजदूत अन्सारीबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शिष्टाचार भेट भएको थियो ।
भेटमा दुई देशका आपसी हित र सम्बन्धबारे पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।








प्रतिक्रिया