१६ असार २०८३, मंगलबार

निषेधित क्षेत्रमा प्रदर्शन गरे पछि दलित अभियन्ता सुनार पक्राउ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ साउन । दलित अभियन्ता खगेन्द्र सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

झन्डै अढाई २ किलोको साङलो बाधेर प्रतिकात्मक प्रदर्शन गरिरहेका सुनारलाई प्रहरीले नियन्त्रण लिईएको हो ।

बानेश्वरस्थित संसद भवन प्रवेश गर्न खोजे पछि नियन्त्रण लिनु परेको प्रहरीले जनाएको छ । हाल उहाँलाई प्रहरी वृत्त बानेश्वरमा राखेको छ।

उहाँ गत बुधबारदेखि माइतीघरमा प्रदर्शन गर्दै आउनु भएको थियो । तर, आज उहाँ निषेधित क्षेत्रमा प्रदर्शन गर्न पुगेपछि सुनारलाई पक्राउ गरिएको हो ।