
काठमाडौं, २९ साउन । वेपत्ता परिवार समाज नेपाल र केही पीडित वर्गहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई टीआरसी विधेयकमा गर्नुपर्ने सुधारका कामबारे जानकारी गराउनु भएको छ ।
मंगलबार संक्रमणकालीन न्याय (टीआरसी) विधेयकमा केही असन्तुष्टिहरु रहेको भन्दै १४ वटा बुंदासहितको सुधार गर्न पूर्वप्रधानमन्त्री दाहाललाई सुझाइएको हो ।
सोही क्रममा दाहालले पीडितहरुको पीडा, चासोलाई सम्बोधन गर्ने सबै कोशिष गर्ने भन्दै पत्रमा रहेका सबै विषयलाई गम्भिर भएको हेर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘टीआरसीको पूर्व सन्ध्यामा तपाईहरुले यो पत्र बुझाउनु भएको छ । यसबारेमा राजनीतिक दलहरुसँग बसेर कुरा गर्छु । तपाईहरुको पीडा, चासोलाई सम्बोधन गर्ने सबै उपाय हुन्छ । त्यो कोशिस हुन्छ । तपाईहरुले बुझ्नु भएको छ यो विधेयक सबै ठिक त होईन केहीकमि त छ । भोली सदनमा बोल्ने क्रममा पनि यी विषयहरु सम्बोधन हुने काम हुन्छ ।’
यसको साथै, उहाँले धेरै लामो समयपछि यो विधेयक संसदमा दर्ता भएको उल्लेख गर्दै छिट्टै पारित हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले बल्लबल्ल यो विधेयकलाई यो ठाँउमा ल्याएका छौ, यसमा कतिपय कुरा परिमार्जन गर्न त पर्छ नै तर पनि यसले धेरै हदसम्म पीडितलाई सम्बोधन गर्ने प्रयास गरेको छ । यसलाई सकेसम्म सुधार गरेर लाने छाँै तर अब यसलाई धेरै ढिला गर्नु हुदैँन ।’
सङ्क्रमणकालीन न्यायको लागि सत्य निरूपणतथा मेलमिलापआयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी)विरुद्धको रिट सर्वोच्च अदालतपुगेको छ ।
विवादित विषयमा दलहरूबीच सहमति जुटाएर अन्तिम रूप दिई अब बस्ने प्रतिनिधिसभामा पेस गर्ने तयारी भइरहेका बेला विधेयकमा रहेका विभिन्न बुँदाहरू नेपालको संविधान, राष्ट्रिय कानुन तथा नेपाल पक्ष भएको अन्तर्राष्ट्रिय सन्धि सम्झौता र अन्तर्राष्ट्रिय अभ्यास विपरीत भएको, पीडकलाई उन्मुक्तिदिने र पीडितलाई झन् पीडित बनाउने हिसाबले अगाडि बढेको भन्दै सर्वोच्चमा रिट पुगेको हो ।








प्रतिक्रिया