
काठमाडौं, २७ साउन । शनिबार निधन हुनुभएका गायक प्रकाश तिमल्सिनाको शवको पोस्टमार्टम भएको छ ।
शवको पाटन अस्पतालमा पोस्ट मार्टम गरिएको हो । मोष्टमार्टमका क्रममा मुटु, कलेजो लगायत भित्री अंगले काम नगरेपछि तिमल्सिनाको मृत्यु भएको चिकित्सकले बताउनुभएको छ ।
उहाँको मुटु र कलेजोमा समस्या देखिएर मृत्यु भएको अस्पतालले जानकारी दिएको हो । तिमल्सिना हिजो भैँसेपाटीस्थित निवासमै मृत फेला पर्नु भएको थियो । उहाँको मुखबाट थोरै रगत समेत आएको पाइएको थियो ।












प्रतिक्रिया