
काठमाडौं, २७ साउन । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल भ्रमणमा आउनु भएका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ ।
आज नेपाल आउनु भएका मिस्री राष्ट्रपति पौडेललाई भेट्न शीतल निवासमा पुग्नुभएको थियो । उहाँहरूबीच द्विपक्षीय हित र सम्बन्धका विविध विषयमा कुराकानी भएको जानकारी दिइएको छ ।
भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तन असर न्यूनीकरणका लागि नेपाल(भारत मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । केपी ओली नेतृत्वमा सरकार गठन भए पछि पहिलो पटक भारतबाट उच्चस्तरीय भ्रमण भएको हो।
भ्रमणका क्रममा उहाँले राष्ट्रपति, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा उहाँ नेपाल आउनु भएको हो ।
अघिल्लो महिना परराष्ट्र सचिव लम्साल भारत भ्रमणमा गएको बेला भारतीय सचिव मिस्रीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनु भएको थियो । गत जुलाईमा भारतको विदेश सचिवमा नियुक्त भएका मिस्रीले हालै मात्रै छिमेकी मुलुक भुटानको औपचारिक भ्रमणमा गर्नु भएको थियो ।









प्रतिक्रिया