२१ जेष्ठ २०८३, बिहिबार

जनार्दनको गुनासो- खुुमलटारले नै जनार्दन शर्माले पार्टी फुटाउँदैछ भनेर हल्ला चलायो

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ साउन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले आफू माथी पार्टी बिभाजन गर्न खोजेको अनावश्यक आरोप लगाइएको गुनासो गर्नुभएको छ ।

माओवादी केन्द्रको जारी स्थायी कमिटीमा प्रस्तुत गरेको लिखित मस्यौंदामार्फत सो आरोपको पुष्टी गर्न पनि शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गर्नुभएको हो ।

‘खुमलटारबाट फलानो एमालेमा जाँदैछ भनेर सुरु गरिएको प्रचारबाजीलाई बालुवाटार पुगे पचि तिब्रता दिइयो, उक्त प्रचारबाजीलाई मद्दत पुग्ने गरी पोखरामा पुग्दा मुल नेतृत्वले नै पार्टी फुटतिर उन्मुख छ कसलाई साथ भन्दै कार्यक्रम हलमा हुटिङ गराएपछि सुन्नेहरुलाई पार्टी फुटने पक्कापक्की भयो भन्ने लाग्यो, देशभर यसको असर देखा पर्न थाल्यो,’ शर्माले राजनतीतिक प्रस्तावमा उल्लेख गर्नुभएको छ ‘फुटाउने कसले हो भनेर भनिदिए पछि आज आम कार्यकर्ता र जनतामा पार्टी फुटदैँछ ? भन्ने सोध्ने गरेका छन् ।’