
काठमाडौं, २६ साउन । नेकपा (एमाले) बकैया–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा दिनेश हुमागाईँ चयन हुनुभएको छ ।
शनिबार काठमाडौंमा भएको एमाले बकैया–काठमाडौं सम्पर्क मञ्चको भेलाले हुमागाईँको नेतृत्वमा १३ सदस्सीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।
कमिटीको उपाध्यक्षमा कमल घलान, सचिवमा हरेराम घिमिरे, उपसचिवमा उद्धवप्रसाद घिमिरे र कोषाध्यक्षमा मुक्तिनाथ घिमिरे चयन हुनुभएको छ ।
एमाले स्थायी कमिटी सदस्य लालबाबु पण्डितको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले सल्लाहकार परिषद् सदस्य कृष्णप्रसाद दाहाल, एमाले बागमती प्रदेश कमिटी पूर्वसदस्य नारायणप्रसाद सापकोटालगायतको आतिथ्यता रहेको थियो ।










प्रतिक्रिया