८ असार २०८३, सोमबार

उद्योगमन्त्री भण्डारीद्वारा श्यामप्रसाद मुखर्जी पोर्टको अवलोकन

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ साउन । उद्योग, वाणिज्य तथा आपर्तिमन्त्री दामोदर भण्डारीले आज भारतको हल्दियास्थित श्यामप्रसाद मुखर्जी पोर्टको अवलोकन गर्नुभएको छ ।

अवलोकनका क्रममा उहाँले पोर्टका पदाधिकारीहरुसँग नेपालको पारवहन व्यापार प्रक्रिया सहजीकरण तथा लागत कम गर्ने विषयमा छलफल गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । अवलोकन भ्रमणमा वाणिज्य मन्त्रालयका द्विपक्षीय शाखा हेर्ने सहसचिव बाबुराम अधिकारी तथा कलकतास्थित महावाणिज्य दूतावासका पदाधीकारीलगायत उपस्थिति थियो ।

तेस्रो मुलुकसँगको व्यापारमा देखिएका प्रक्रियागत समस्या, आयातकर्ता र निर्यातकर्ताका समस्याका विषयमा जानकारी लिइ कलकतास्थित महावाणिज्य दूतावास तथा गोदाम कम्पनी लिमिटेडलाई सहजीकरण गरी परिणाममुखी भएर काम गर्न मन्त्री भण्डारीले निर्देशन दिनुभयो ।

उहाँले नेपाल पारवहन तथा गोदाम कम्पनी लिमिटेडले हल्दिया पोर्ट इन्टेरियर जोनभित्र दीर्घकालीन रुपले भाडामा लिएको जमिनको उपयोग, थप सम्भावन एवं औचित्यबारे गहन छलफल गरी कम्पनीको कार्यालय अनुगमन गर्दै आवश्यक निर्देशन दिनुभयो ।