
काठमाडौं, २६ साउन । लेखक जिज्ञान कुमार थापाले जापान बसेर प्राप्त गरेको ज्ञान र अनुभवहरु पुस्तकमा राखेको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित ‘जापान : सपना, सङ्घर्ष र सफलता’ पुस्तक लोकार्पण समारोहमा उहाँले जापान जान चहाने वा काम गर्न चहाने सबैले जान्नुपर्ने आवश्यक कुराहरुको पुस्तकमा राखेको भन्दै जापाना जाने इच्छा भएको सबैलाई यो पुस्तक पढ्न आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘जापानमा धेरै नेपालीहरु जानुहुन्छ भने उहाँहरुलाई धेरै जापानिजहरुसँग मिल्ने मौका मिले हुन्थ्यो, तर त्यसको लागि त्यहाँको रहनसहन परम्परा बुझ्न जरुरी छ । उनीहरु केमा खुशी हुन्छ त्यो कुरा थहा पाउनुपर्छ । त्यसको लागि पहल गर्नुपर्छ कि भनेर मैले केही गाइडलाइन दिनको लागि यो किताब लेखेको हो । जापान जान चहाने, त्यहाँ बसेर पढी रहनुभएका, काम गर्नेहरुको लागि मैले जापान बसेर प्राप्त गरेको ज्ञान र अनुभवहरु यो पुस्तकमा राखेको छु ।’
यसको साथै, कार्यक्रममा नेपालका लागि जापानी राजदूत किकुता युताकाले दुवै देशको नागरिकले एकअर्कालाई बुझ्न जरुरी भएको भन्दै त्यसको लागि आज लोकापर्ण भएको पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । यसको साथै, उहाँले सबैलाई यो पुस्तकको सदुपयोग गर्न पनि आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘अहिले जापानमा पढ्न र काम गर्नको लागि धेरै नेपालीहरु जाने गरेका छन् । नेपाली युवाहरु जापानमा कामको लागि जाने कुरा हाम्रो लागि एकदमै राम्रो हो । हामी त्यसमा आभारी पनि छाँै । नेपालीहरु जापान जाने क्रम बढेपछि जापानिजहरुले पनि नेपाली परम्परा बुझन् आवश्यक हुन्छ । दुवै देशको नागरिकले एकअर्कालाई बुझ्न जरुरी छ । यसको पाटोबाट हेर्दा यो पुस्तक एकदमै महत्वपूर्ण रहेको छ । यो पुस्तकको सबैले सदुपयोग गर्नुपर्छ भन्ने मेरो भनाई छ ।’








प्रतिक्रिया