२० असार २०८३, शनिबार

कालीगण्डकीको छालले कृषि फार्ममा क्षति

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी, २६ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घिरच्याङमा कालीगण्डकी नदीमा आएको छालले कृषि फार्ममा क्षति पुर्‍याएको छ ।

अन्नपूूर्ण–२ कटुञ्जको भिरबाट आज कालीगण्डकीमा पहिरो खस्दा खोला पारी रहेको घिरच्याङमा रहेको दाजुभाई कृषि तथा पशुपंक्षी फार्ममा क्षति भएको हो । गएराति भिरबाट कालीगण्डकीमा खसेको पहिरोले ल्याएको छालले आठसय ब्रोइलर जातका कुखुरा भएको खोर भत्किएको अन्नपूर्ण–२ वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार कालीगण्डकीको छालले सो फार्म वरपरको करिब १० रोपनी खेतबारीमा हिलो थुपिएको छ । फार्मका सञ्चालक गोपाल खत्रीले खोरभित्र रहेका सबै कुखरा मरेका र दाना काम नलाग्ने भएको बताउनुभयो । कालीगण्डकीको सतहभन्दा करिब २० मिटर माथिसम्म छाल आएको थियो । जनप्रतिनिधि र प्रहरीको टोलीले १२ लाख बराबरको क्षति भएको अनुमान गरेका छन् ।