९ असार २०८३, मंगलबार

सिरहामा आज ९ घण्टा विद्युत् अवरुद्ध हुने

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा, २६ साउन । नेपाल विद्युत् प्राधिकरणको सिरहास्थित लहान वितरण केन्द्रबाट सप्लाई हुने विभिन्न स्थानमा शनिबार बिहान ८ देखि साँझ ५ बजेसम्म ९ घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।

प्राधिकरणको लहान वितरण केन्द्रले एक सूचना जारी गर्दै लहान सबस्टेसनदेखि महेन्द्र राजमार्गसम्म जदही तथा लहान फिडरको ११ केभी प्रसारित जीर्ण तारलाई ‘अपग्रेड’ गर्न लागिएकाले विद्युत् वितरण प्रभावित हुने जनाएको हो ।

लहान फिडरअन्तर्गतका लहान नगरपालिका, धनगढीमाई नगरपालिका, सखुवानन्कारकट्टी गाउँपालिका, भगवानपुर गाउँपालिका, नवराजपुर गाउँपालिका, वरियापट्टि गाउँपालिका—१, गोलबजार नगरपालिका—१ लगायत क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ ।