२३ असार २०८३, मंगलबार

कुलमानमाथि अस्वभाविक, अप्राकृतिक ढंगले लाञ्छना लगाइयो : प्रचण्ड

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि अस्वभाविक लाञ्छना लगाएको बताउनु भएको छ ।

आज पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले डेडिकेटेट र ट्रंकलाइनका विषयमा सरकारले कुलमानमाथि अस्वभाविक, अप्राकृतिक ढंगले आरोप लगाएको बताउनु भएको हो ।

“विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकमाथि अस्वभाविक, अप्राकृतिक ढंगले लाञ्छना लगाउने कुरा भएको छ । ती कुराप्रति गम्भीर ध्यानाकर्षण भएको छ,” प्रचण्डको धारणा उद्धृत गर्दै प्रवक्ता अग्नि सापकोटाले भन्नुभयो, “सरकारले सुशासनको सवालमा भ्रटाचार विरोधी अभियानमा अवरोध हुने खालका कुरा नगरोस् भनेर खबरदारी गरेका छौँ ।”