
काठमाडौं, २५ साउन । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका आन्तरिक राजश्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्मा बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च अदालत पुग्नुभएको छ ।
विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेपछि उहाँ चार वर्षदेखि थुनामा हुनुहन्छ । आफू बिरामी रहेको र ४ वर्षदेखि थुनामै रहेको भन्दै उहाँले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण निवेदन दिनुभएको हो ।
विशेष अदालतले शर्मालाई कर फर्स्यौट आयोगमा रहँदा राज्यको सम्पत्ति दुरुपयोग गरी कर छुट दिएको भन्दै ९ वर्ष कैद र ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८९८ रुपैयाँको जरिवाना सुनाएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका पूर्व महानिर्देशक शर्मालाई २०७८ असार ९ गते पक्राउ गरेको थियो । शर्मासँगै कर फर्छ्यौट आयोगका पदाधिकारीहरू अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेशप्रसाद ढकाल पनि दोषी ठहर भएका थिए ।
अख्तियारले उहाँहरूसँग १ अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ बराबर भ्रष्टाचार गरेको दाबी गरेको थियो ।









प्रतिक्रिया