
काठमाडौं, २५ साउन । न्याय परिषद्ले ३५ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ।
शुक्रबार बसेको परिषद्को बैठकले जिल्ला अदालतका ३५ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो । बैठकले न्याय सेवाबाट २५ जना, सरकारी वकिलबाट ६ जना र कानुन सेवाबाट ४ जनालाई जिल्ला न्यायाधीशमा सिफारिस गरेका हो ।
उच्च अदालतमा कम्तीमा १० जना न्यायाधीशको पद खाली छ। सर्वोच्च अदालतमा ४ न्यायाधीशको पद रिक्त छ।








प्रतिक्रिया