१ असार २०८३, सोमबार

माओवादीले तय गर्‍यो स्थायी कमिटी बैठकका लागि चार एजेण्डा

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ साउन । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकमा चार एजेण्डा तय भएको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा चार एजेण्डा प्रस्तुत भएको र भोलीबाट एजेण्डामा छलफल सुरु हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

उहाँले बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक परिस्थितिबारे ब्रिफिङ गर्नुभएको पनि सापकोटाले बताउनुभयो ।

उहाँले भन्नुभयो,अध्यक्ष प्रचण्डबाट वर्तमान परिस्थितिबारे ब्रिफिङ भयो । एजेण्डाहरुमा वर्तमान परिस्थितिबारे ब्रिफिङ, वैचारिक, राजनीतिक, सांगठनिक परिस्थिति र हाम्रो कार्यभार र ४ मा विविध थियो । आज ति एजेण्डाहरुमा अध्यक्ष प्रचण्डले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्नुभयो ।’