
काठमाडौं, २५ साउन । जनमत पार्टीले आफ्नो पार्टीबाट मधेस प्रदेशका मुख्यमन्त्री बन्नु भएका सतिशकुमार सिंहलाई स्पष्टीकरण सोधेको छ।
मुख्यमन्त्री सिंहले एकलौटी कार्य गरेको भन्दै पार्टीले स्पष्टीकरण सोधेको हो । मुख्यमन्त्री सिंहले मन्त्रिपरिषद् विस्तार गर्दा एकलौटी गरेको आरोप छ ।
मुख्यमन्त्री सिंहले पाँचजना राज्यमन्त्री नियुक्त गरेर २० सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएको छ । जसको चौतर्फी आलोचना भइरहेको छ ।








प्रतिक्रिया