२ असार २०८३, मंगलबार

सहकारी प्रकरण : सहकारी छानबिन समितिमा तामाङ र राईसँग सोधपुछ

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ साउन । संसदीय सहकारी छानबिन समितिका सभापति सूर्य थापाले शुक्रबारको बैठकमा दुईवटा संस्थाका प्रतिनिधिसँग सोधपुछ गरिएको जानकारी दिनु भएको छ ।

सिंहदरबारमा बसेको बैठकपश्चात उहाँले गोरखा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्ष डम्बर बहादुर तामाङ र गोरखा सेभिङ तथाक्रेडिट सहकारी संस्थाका अध्यक्ष इमान सिंह राइसँग सोधपुछ गरेको जानकारी दिनु भएको हो ।

उहाँले भन्नुभयो, ‘आजको बैठकमा दुईवटा संस्थामा प्रतिनिधित्व गर्ने दुइजना व्यक्तिसँग सोधपुछ गरियो । त्यसमा गोरखा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्ष डम्बर बहादुर तामाङसँग सोधपुछ गरेका छौ । दोस्रो, गोरखा सेभिङ तथाक्रेडिट सहकारी संस्थाका अध्यक्ष इमानसिंह राइसँग सोधपुछ गरेका छौ ।’

ऋणिहरुबाट ऋण उठाउने र ऋण असुलीका लागि सरकार, बैंक, समस्याग्रस्त व्यवस्थापन समितिले सहयोग गर्ने हो भने सहकारी अगाडि बढाउन सकिन्छ भन्ने दुवैको धारणा रहेको पनि उहाँले बताउनुभयो ।

यसको साथै, लालीगुरास र गौतमश्री थप संस्थाका जिम्मेवार अध्यक्षहरुसँग सोधपुछ गर्नेक्रम जारी रहेको उहाँले जानकारी दिनुभयो ।