
काठमाडौं, २५ साउन । नेकपा (एमाले) का महासचिव शंखर पोखरेलले समयानुकूल वन, जंगल सम्बन्धी कानुन निर्माण गर्नुपर्ने बताउनु भएको छ ।
शुक्रबार काठमाडौैंमा आयोजित वनको दिगो व्यवस्थापन, समृद्धि तथा जलवायु न्याय विषयक संवाद कार्यक्रममा उहाँले वन क्षेत्र बढेको अवस्थामा वनबाट प्राप्त हुने वस्तु आयात गर्नुपर्ने नै अवस्था रहेको भन्दै यस्तो अवस्था अन्त्य गर्नको लागि नीतिगत सुधार आवश्यक रहेको बताए ।
उहाँले भन्नुभयो, ‘वन क्षेत्र बढेको अवस्थामा पनि काठजन्य वस्तु आयात गर्नुपर्ने अवस्था छ । वन क्षेत्रलाई नै व्यवसाहिकरुपमा विकास गर्ने हो भने मात्र सोचे अनुसारको प्रतिफल लिन सक्छौं । अहिले धेरै कुराहरुमा कानून पनि बाधकको रुपमा देखिएको छ । समयानुकूल कानून निर्माण गर्नको लागि पनि नीति निर्माताहरुलाई आग्रह गर्न चहान्छु ।’
उहाँले परम्परागत हिसाबले प्रकृतिको संरक्षण गर्ने हो भने विकास सम्भावना नरहेको भन्दै यसबारेमा समयमा नै नसोच्ने चुनौतीको अवस्था आउनसक्ने धारणा राख्नुभयो । परम्परागत ढाँचामा वनमा दाउरा लिने, वनका आधारित कृषि गर्ने अवस्था आज नरहेको कारणले पनि डढेलो लाग्ने सम्भावना बढेको पनि उहाँको भनाई छ ।









प्रतिक्रिया