२६ जेष्ठ २०८३, मंगलबार

समितिलाई एक ट्रक कागजात पठाएको बारेमा के भने कुलमानले ?

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ साउन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङले हिजो सार्वजनिक लेखा समितिलाई ५० हजार पेजको कागजात पठाएको विषयमा पनि जवाफ दिनुभएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा उहाँले यसबारे जवाफ दिनुभएको हो । हिजो घिसिङले डेडिकेटेड तथा ट्रंक लाइन विवादका विषयमा समितिलाई एक ट्रक कागजात पठाउनुभएको थियो ।

एक ट्रक कागजात पठाएपछि घिसिङले अनावश्यक कागजात पठाएको भन्दै समितिले फिर्ता गर्ने तयारी गरिरहेको छ । जवाफमा घिसिङले ड्रेडिकेटेड तथा ट्रंक

लाइनको महसुलसँग सम्बन्धित डकुमेन्टसँगै सर्पोर्टका अन्य विवरणहरू पनि समितिमा पठाउँदा केही धेरै हुन पुगेको बताउनुभएको हो । सबै सम्बन्धित र सपोर्टिङ डकुमेन्ट भएकाले अनावश्यक भन्न नमिल्ने उहाँको भनाइ छ ।

‘सबै हाम्रो सम्बन्धित र आवश्यक डकुमेन्ट बुझाएको हो । हामीसँग घन्टा घन्टाको विद्युत खपतको रेकर्ड हुन्छ । त्यो रेकर्डको सफ्ट कपीको प्रिन्ट नै ४० कि ५० हजार आएको छ । त्यो पनि पठाएका छौं । एमपावर भन्ने सफ्ट वेयरमा भएको सबै डाउनलोड गरेर पठाइदियौं । पछिल्लो चरणमा गरेका बिलिङको प्रिन्ट र एक्सेल सिट पनि पठाइदियौं । यसैगरि, अदालतबाट भएका ९० वटा निर्णयमा विभिन्न व्याख्या भएको छ । ती सबै व्याख्याको फोटोकपि गरेर पठाएका छौं,’ उहाँले भन्नुभयो ।