२६ जेष्ठ २०८३, मंगलबार

बाटो भ्वाङ परेपछि बालेनले भने– यस्तै जोखिम देखेर खोला खोल्न थालेका हौँ

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ साउन । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले दरबारमार्गको भ्वाङ परेको सडकको तस्वीर राख्दै यस्तै जोखिम हुन्छ भनेर महानगरले खोला खोल्न थालेको बताउनुभएको छ ।

सडक भ्वाङ परेको स्थान ठ्याक्कै टुकुचा खोलामाथि रहेको बताउनुहुँदै उहाँले यस्तै जोखिम देखेर खोला खुल्ला गर्न टुकुचा खोल्ने काम सुरू गरेको तर अदालती कारणले रोकिएको उल्लेख गर्नुभएको हो ।

मेयर बालेनले अझै केही घरहरूसमेत टुकुचामाथि रहेकाले जोखिम रहेको बताउनुभएको छ । टुकुचा खोल्ने क्रममा अदालतको आदेशपछि टुकुचा खोलाको क्षेत्राधिकारभित्रका व्यक्ति विशेषका नाममा त्रुटिवश हुन गएको जग्गा कानून बमोजिम लगत कट्टा गर्नको लागि सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेको पनि उहाँले जानकारी दिनुभएको छ ।

सरकारले चाँडो भन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनु पर्ने र त्यस पश्चात खोला खोल्ने काम महानगरले तुरून्त अगाडि बढाउने उहाँको भनाइ छ ।