३० जेष्ठ २०८३, शनिबार

एमाले जनसंगठन समन्वय संयन्त्रले भदौमा राष्ट्रिय कार्यशाला आयोजना गर्ने

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ साउन । नेकपा (एमाले) को जनसंगठन समन्वय संयन्त्रले जनसंगठनका नेताहरूको दुई दिने राष्ट्रिय कार्यशाला भदौमा गर्ने भएको छ ।

काठमाडौंमा बसेको जनसंगठन समन्वय संयन्त्रको बैठकले भदौ २९ र ३० गते राष्ट्रिय कार्यशाला बैठक काठमाडौंमा गर्ने निर्णय गरेको हो ।
कार्यशाला बैठकमा जनसंगठनका इञ्चार्ज, अध्यक्ष र महासचिव, प्रदेशका संयोजक र ७७ जिल्लाकै जनसंगठनका संयोजक सहभागी हुनुहुनेछ ।
यस्तै, बैठकले जनसंठनका केन्द्रीय नेताहरूलाई तीन महिना अभियानका रूपमा पालिकास्तरको काममा खटाउने निर्णय पनि गरेको संयन्त्रका संयोजक भानुभक्त ढकालले जानकारी दिनुभयो ।