२९ असार २०८३, सोमबार

बंगलादेशको अन्तरिम सरकारले आज शपथ लिने

4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ साउन । बंगलादेशको अन्तरिम सरकारले आज शपथ लिने भएको छ ।

बंगालदेशको सेनाका प्रमुख वाकर–उज–जमानले डा. मोहमद युनुस नेतृत्वको अन्तरिम सरकारले आज शपथ लिने जानकारी दिनुभएको हो । सेना प्रमुख जमानले अन्तरिम सरकार १५ सदस्यीय हुने बताउनुभएको छ ।

साथै, उहाँले बंगलादेशमा ३-४ दिन भित्र पूर्ण रुपमा शान्ति बहाल हुने बताउनुभएको छ । उहाँले देशमा पछिल्ला दिनहरुमा लुटपाट र तोडफोडका घटनाहरुमा संलग्न सबैलाई कानूनको दायरामा ल्याउने बताउँदै देशमा शान्ति बहाल गर्न एयर फोर्स र नाभीले मिले काम गरिरहेकोसमेत जानकारी दिनुभयो ।

उहाँले अन्तरिम सरकार प्रमुखमा नियुक्त भएका युनुससँग आफूले कुरा गरेको र उहाँको नेतृत्वमा देश छिट्टै प्रजातान्त्रिक प्रक्रियामा फर्किने विश्वास व्यक्त गर्नुभएको छ ।

गत सोमबार शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छोडेपछि अनिश्चित बनेको बंगलादेशको राजनीति अब विस्तारै ट्रयाकमा आउने देखिएको छ । आन्दोलनरत विद्यार्थीहरुको माग बमोजिम राष्ट्रपति मुहमद शाहबुद्दीनले संसद भंग गरेर नोबेल पुरस्कार विजेता डा. युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्नुभएको थियो ।