७ असार २०८३, आइतबार

माछापोखरीमा डुबेर बालिकाको मृत्यु

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, २४ साउन । माछापोखरीमा नुहाउँदै गरेकी शुक्लाफाँटा नगरपालिका–४ आशापुरका १३ वर्षीया विपना चुनाराको बुधबार साँझ डुबेर मृत्यु भएको छ । पौडी खेल्न नजान्दा चुनाराको डुबेर मृत्यु भएको हो ।

साथीसँग पोखरीमा नुहाउनका लागि गएका बेला डुबेर चुनाराको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक बीरबहादुर बुढाऐरले बताउनुभयो ।

विपनासँगै नुहाउन गएकी ११ वर्षीया विपिका सुनारको भने सकुशल उद्धार गरिएको छ । स्थानीय अस्पतालमा सामान्य उपचारपछि उनी घर फर्केकी छन् ।