२३ जेष्ठ २०८३, शनिबार

सिमलताल दुर्घटनाका घाइतेको बयान- गाडी हिँड्ने बेलामा एकैचोटि पल्टी खायो

9.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । गत असार २८ गते नारायणगढ-मुग्लिन सडकको सिमलतालमा दुईवटा बस त्रिशुली नदीमा खसेर भएको दुर्घटना अध्ययन गर्न गठित कार्यदलले तयार पारेको प्रतिवेदन सार्वजनिक गरिएको छ ।

प्रतिवेदनमा घाइते, प्रत्यक्षदर्शी लगायतको बयान पनि समेटिएको छ । काठमाडौंबाट गौर जाँदै गरेको र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको दुई बस त्रिशूली नदीमा खसेका थिए । दुईवटा बस अझै फेला परेका छैनन् भने २४ यात्रुको शव फेला परिसकेको छ जसमध्ये १९ जनाको मात्रै सनाखत भएको छ । दुर्घटनामा अझै कम्तीमा ३८ यात्रु बेपत्ता छन् ।

बयानमा चितवनको नयाँ मेडिकल कलेजमा उपचार गराइरहेका घाइते रौतहटका नन्दन दासको बयान पनि लिइएको छ ।

यस्तो छ, नन्दनले दिएको बयान-

दुर्घटना हुनुभन्दा लगभग एक घण्टा जति अगाडि खाना खानका लागि बस रोकिएको थियो । रोकिएको स्थान मलाई याद छैन । खाना पश्चात् टिभी हेर्दै बसेको थिएँ। रातको समय भएकोले बेला बेला निद्रा पनि लाग्थ्यो । ब्युझिंदा टिभीमा ध्यान जान्थ्यो । त्यो बेला ठूलो पानी परिरहेको थियो सिमलतालको बाटोमा । गाडी मजाले हिंडिरहेको थियो माथिबाट एक्कासी पहाड खस्यो कि के भयो एक्सिडेण्ट त भएन मेरो गाडि हिँड्ने बेलामा एकैचोटि पल्टी खायो । अनि गाडी पानीमुनी गयो । म पाँच सात मिनेट पानीमा डुबेको अनि पानीले उचालेको । मलाई राम्रोसँग पौडी खेल्न नआएता पनि अलिअलि आउँथ्यो जसोतसो पौडिएर किनारमा पुगें अनि भिरबाट घिस्रँदै घिस्रंदै माथि सडकमा पुगेपछि सुरक्षाकर्मीले उपचारका लागि अस्पताल ल्याउनुभयो ।