१६ असार २०८३, मंगलबार

रौतहटमा डुबेर बेपत्ता युवकको शव फेला

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, २३ साउन । रौतहटस्थित लालबकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएको स्थानबाट ४ किलोमिटर टाढा युवकको शव सशस्त्र प्रहरीले बरामद गरेको छ ।

नुहाउने क्रममा डुबेर बेपत्ता भएका परोहा नगरपालिका ४ का सर्वजीत रायको छोरा वर्ष १६ को सचिनकुमार रायको शव घटनास्थलबाट ४ किलोमिटर टाढा सशस्त्र प्रहरीले मंगलवार अबेर साँझ फेला पारेको सशस्त्रका एसपी विक्रम हुमागाईंले बताउनुभएको छ ।

गत आइतबार अपरान्ह ४ बजे आफ्नै गाउँ छेउको लालबकैया नदीमा नुहाउने क्रममा सचिन डुबेर बेपत्ता भएका थिए । घटनाको खबर लगतै सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा रौतहटबाट विपद् उद्धारका सामग्रीसहित गएका १० जनाको टोलीले लगातारको प्रयासपछि मंगलबार अबेर साँझ घटनास्थल बाट ४ किलोमिटर टाढा बैरिया पुल नजिक लालबकैया नदीबाट सचिनको शव फेला पारेको एसपी हुमागाईंले बताउनुभएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको तथा घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।