
काठमाडौं, २३ साउन । नवलपुरको कावासोती-४ हसौरास्थित खोला किनारमा एक बालक मृत फेला परेका छन् ।
३० महिने सुवास ढुंगाना बुधबार बिहान हसौरास्थित चिलाहाको हसौरा खोला किनारमा मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलकाअनुसार बालक मंगलबार बिहान हसौरा नजिकै खेलिरहेको अवस्थामा बेपत्ता भएका थिए ।
उनलाई खोलाले बगाएको आशंकामा प्रहरी र स्थानीयले खोजी गरेका थिए । घटनाका बारेमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।









प्रतिक्रिया