३१ जेष्ठ २०८३, आइतबार

टीआरसीसम्बन्धी कार्यदलले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउँदै

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । संक्रमणकालीन न्याय प्रक्रिया टुंगाउने विषयमा प्रमुख तीन दलबीच भएको सहमतिको प्रतिवेदन आज बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइँदै छ ।

संक्रणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा सहमति जुटाउन गठित कार्यदलले कार्यदलले आज प्रतिवेदनलाई प्रधानमन्त्री ओलीसहित शीर्ष नेतालाई बुझाउन लागेको हो ।

नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौलाकाअनुसार बिहान ११ बजे सिंहदरबारमा प्रतिवेदन बुझाउन लागिएको हो ।

कार्यदलमा कांग्रेसबाट रमेश लेखक, एमालेबाट बर्तौला र माओवादी केन्द्रबाट जनार्दन शर्मा सदस्य हुनुहुन्छ । कार्यदलले विभिन्न चरणमा छलफल गरी प्रतिवेदनलाई अन्तिम रुप दिएको हो ।

कार्यदलमा सहमति भएको प्रतिवेदन र विधेयकमा भएको संशोधनको प्रस्तावलाई कानून, न्याय तथा मानव अधिकार समिति बैठकमा पेश गरेर छलफल भएपश्चात विधेयकलाई सदनमा पेश गरिनेछ ।